खैरो हिरोईन सहित एक जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहटको चन्द्रपुरबाट लागु औषध खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलिले चन्द्रपुर वडा न ४ बाट बर्ष ३१ को सागर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । पक्राउ परेका श्रेष्ठलाई लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भै रहेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार चन्द्रनिगाहपुर प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

यस अघि चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्ड बहादुर थापालाइ पनि प्रहरीले एक ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ