दुई थान अवैध भरूवा बन्दुकसहित एक जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाबाट अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । 

माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विक भरूवा बन्दुक दुई थान र बारूद सहित शनिवार दिउँसो पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

अभियुक्त विकबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ