एपीएफ स्टोरमा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा भएको आगलागीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो ।

आगो निभाउन ७ वटा दमकल प्रयोग भएको थियो । साथै स्काभेटर, दमकल, ट्याङ्करसहित १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता थापाको भनाइ छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
71%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ