आहारारा गोल्डकपको उपाधिकालागि आर्मी र थ्रीस्टार भिड्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २-१ ले पराजित गरेर उपाधि दौडमा सामेल भएका हुन् ।

आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५-४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो ।

त्यतिबेला निर्धारित खेल २-२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । संयोगवश, त्यसयता दुवै टिम आहाराराको फाइनलसम्म पुग्न सकेका थिएनन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
28%
2 km/h
बुध
25 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ