म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाको आत्मसमर्पण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले विद्रोहीसँग आत्मसर्पण गरेको छ ।

केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो स्थानबाट विद्रोहीहरुले सेनाको टोलीलाई लखेटेका थिए ।

अहिले फेरि अर्को एक म्यावड्डी शहरलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् । थाइल्याण्डसँग म्यानमारको अधिकांश स्थल व्यापार यही म्यावड्डी शहर हुँदै हुने गर्दछ ।

यहाँ सरकारी सेनाले विद्रोहीहरुसमक्ष आत्मसर्पण गर्नु सैन्य शासकका लागि ठूलो धक्का भएको बीबीसीले जनाएको छ ।

ती सैनिकहरु हप्तौंदेखि म्यानमारका क्यारन विद्रोही र सैन्य कूको विरोध गर्ने अन्य संगठनहरुसँग लडिरहेका थिए । तर गत शुक्रबार क्यारन नेशनल युनियन सामु सेनाको एक बटालियनलाई आत्मसर्पण गरेको छ ।

क्यारन विद्रोहीहरु म्यावड्डी शहरमा तैनाथ एक बटालियन सेनाको नेतृत्वसँग वार्तामा बसेका थिए । त्यो वार्तापछि सेनाको टोली आत्मसर्पणका लागि तयार भएको बीबीसीले जनाएको छ ।

क्यारन विद्रोही संगठनले आफ्ना उत्साहित लडाकुहरुको भिडियो पोष्ट समेत गरेको छ । उक्त भिडियोमा विद्रोही लडाकुहरु सेनाबाट कब्जा गरिएका हतियारहरु प्रदर्शन गरिरहेको देखिन्छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
100%
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ