ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बिलबाओको जीतमा पहिलो हाफको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए ।

सोही गोलको अग्रता पुरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जीत निकालेको हो । भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो ।

ला लिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ । अलाभेसले सोसिडाडमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।

सोसिडाड २९ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए । १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो । सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए ।

पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो ।

अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ ।

यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
light rain
16° _ 16°
100%
3 km/h
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
मंगल
11 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ