५० करोडसम्म लगानी स्वीकृतिका लागि ‘अटोमेटिक रुट’

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ ।

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली-२०७७ को पहिलो संशोधन गरेको थियो ।

७ वैशाखमा राजपत्रमा प्रकाशित भएको संशोधित नियवलीमा शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था छ ।

सोही अनुसार विभागले  लगानी सम्मेलनमा उक्त प्रणालीको सुरुवात गरेको हो । उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको जनाएको छ ।

विदेशी लगनीकर्ताले उक्त प्रणालीबाट सोमबारदेखि नै आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फल आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् । सोही पत्रका आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् । विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सकिनेछ।

स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति गराउन चाहनेले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरे बमोजिम विवरण प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ । प्रणालीबाट विदेशी लगानीकर्ताले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बर सहितको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइने विभागले जनाएको छ।

स्वचालित मार्गबाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायको विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था छ ।

सूचना प्रविधिमा आधारित उद्योगका हकमा स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागु गरिएको छैन ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
88%
2 km/h
आइत
18 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ