जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई वितरण गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो ।

उनीहरुलाई पुरस्कारको राशि समान चार लाख रुपैयाँसहित सम्मानपत्र रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । 

प्रा.डा. यादवले भाषाविज्ञान क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान अर्पण गरिएको हो । उनले थुप्रै भाषाको संरक्षण र प्रयोगमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।

त्यस्तै, लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्धबारे उल्लेख गरेका छन् । उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन् । 

यसअघि २०७९ सालको जगदम्बा–श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई प्रदान गरिएको थियो ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
67%
1 km/h
आइत
13 °C
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ