बागमती प्रदेशसभा बैठक आज बस्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौडा । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।


प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका र २०८०—०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो ।

११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष बिचको सहमति लगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन संसद्ले दिएको थियो ।

प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
mist
20° _ 20°
83%
2 km/h
मंगल
22 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ