बैंककका ‘सिरियल बलात्कारी’ पक्राउ: स्कुलका स–साना युवतीहरुलाई यसरी गर्छन् ‘टार्गेट’

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने


बैंकक – स्कुलका युवतीहरुलाई टार्गेट गर्दै बलात्कार गर्ने गरेको आरोपमा बैंकक प्रहरीले एक जना पुरुषलाई पक्राउ गरको छ । ‘टोय बैंग फो’ नाम बताउने ४० वर्षिया ति पुरुषाई बैंककको बैंग सू जिल्लाबाट पक्राउ गरेको हो ।

मेट्रोपोलिटन पुलिस ब्यूरोका अधिकारीका अनुसार टोयलाई ताओ पुन क्षेत्रमा रहेको कन्डोमिनियम भवनको लिफ्टमा रहेको हिरासतमा राखिएको छ । पुरुषको वास्तविक नाम विसानु रहेको खुलेको छ ।

प्रहरीका अनुसार आरोपितले कम्तीमा चार स्कुलका युवतीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । अन्य पीडित पनि छन् जसले जाहेरी दर्ता नगरेको प्रहरीको भनाई छ ।

विसानु पहिलोपल्ट सन् २०१७ को सेप्टेम्बर ७ मा पक्राउ परेका थिए । त्यतिबेला आफूलाई भाडामा लिइएको गाडीको चालक बताउँदै उनले एक विद्यार्थीलाई पछ्याएका थिए । त्यसपछि ति विद्यार्थीलाई स्कुलबाट घर लगिदिने भन्दै ‘पिक’ गरेर अन्तै क्रुङ थोन पुलमा लगेर रोकेका थिए । त्यसपछि युवतीको पेटमा मुक्का हान्दै बलात्कार गरेको प्रहरीको भनाई छ ।

पछि उनलाई पक्राउ गरेर जेल सजाय सुनाइएको थियो । मेट्रोपोलिटन पुलिस ब्युरोका प्रमुख अनुसन्धानकर्मी पोल मेजर जनरल थेराडेटले बैंकक पोस्टलाई बताएअनुसार पछि रिहा भएपछि गत अक्टुबर ३० मा १२ वर्षिया युवतीलाई बलात्कार गरेका थिए । त्यतिबेला विसानु बैंककको सथोन जिल्लाको विद्यार्थीहरु बस्ने एक आवासिय भवनको फायर इस्केप नजिकै लुकेर बसेका थिए ।

स्कुलबाट फर्किएपछि ति १२ वर्षिया युवतीलाई पछ्याएर जबरजस्ती करणी गरेका थिए । ढोका बन्द गरेर ति बालिकाको मुख थुनेर बलात्कार गरेको र कसैलाई भनेको खण्डमा मारिदिने धम्की दिएको ति पीडितले प्रहरीसँग बयान दिएकी छिन् । पछि बालिका चिच्याएको सुनेर एक आफन्त घरमा आइपुगेपछि ‘सिरियल बलात्कारी’ को आरोप लागेका विसानु भागेका थिए ।

प्रारम्भिक सोधपुछका क्रममा विसानुले सबै आरोप अस्वीकार गरेका छन् । उनले आफू पूर्व निजामति कर्मचारी भएको र आफूलाई बालबालिका मनपर्ने बयान दिएका छन् । ‘उनले सबै युवतीहरुसँग आफुले सहमतिमै यौन सम्बन्ध राखेको बताएका छन्,’ थाइ मिडियाहरुले लेखेका छन् ।

तर, प्रहरीका अनुसन्धान प्रमुख थेराडेटले आरोपितको बयान विश्वास गरेका छैनन् । आरोपितले जेलबाट रिहा भएपछि पनि सिलसिलेवार स्कुलका बालिकाहरुलाई टार्गेट गर्दै बलात्कार गरेको उनको भनाई छ । ‘यहाँ अरु नै यस्ता पीडितहरु हुनसक्छन्, जसले डरका कारण प्रहरीकहाँ आएर उजुरी दिन सकेका छैनन् । म उहाँहरुलाई पनि सम्पर्कमा आउन आग्रह गर्छु,’ अनुसन्धान प्रमुखले थाइ मडियामार्फत अनुरोध गरेका छन् ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
71%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ