सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रामेछाप । जिल्ला  ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप जाँच गरेको छ ।

मन्थली नगरपालिका–१ स्थिति कार्यालय अगाडि शनिबार बिहान खिम्ति–मन्थली–सेलेघाट क्षेत्रमा चल्ने सवारी साधनका चालकहरूको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा आयोजना गरिएको कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।

सो क्रममा खिम्ति–मन्थली–सेलेघाट चल्ने साना–ठूला सवारी साधनका ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १० जना चालकको रक्तचाप बढी तथा कम देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएका चालकलाई अस्पतालका डाक्टर केशवसिंह धामीले स्वास्थ्य सतर्कता अपनाउन आवश्यक परामर्श दिएका छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
3 km/h
बिहि
18 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ