प्रधान सेनापतिसँग भारत, भुटान र माल्दिभ्सका प्रतिनिधिमण्डलले भेटे

थाइल्याण्ड नेपाल डट्कम

काठमाडौं । आइतबार(आज) प्रधान सेनापति महारथी अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत, भुटान र माल्दिभ्सका ल्बतष्यलब िऋबमभत ऋयचउक ९ल्ऋऋ० का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन् ।  

महाशिवरात्री एवं नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन उक्त टोली नेपाल भ्रमणमा आएको हो ।

भ्रमणको दौरान सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

उक्त टोलीले यही फाल्गुण १४ गते सैनिक मञ्ज, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रम तथा फाल्गुण १८ गते राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको अवलोकन गर्नेछ ।

त्यसैगरी, भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
scattered clouds
11° _ 11°
62%
2 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ