भूपू गोर्खा सैनिकका विषयमा बेलायतको अडान कायमै छः परराष्ट्रमन्त्री साउद

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले भूतपूर्व गोर्खा सैनिकलाई बेलायती सेनाको समान पेन्सनलगायतका सुविधा दिनुपर्नेमा नेपाल सरकारको अडान कायम रहेको र त्यहाँको सरकारलाई स्पष्टसँग राखिएको बताउनुभयो ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री साउदले भूपू गोर्खा सैनिकको न्याय र समानताका माग सम्बोधनका लागि बेलायत सरकारलाई दबाब दिइरहेको र वार्ता भइरहेको जानकारी दिनुभयो । परराष्ट्रमन्त्री साउदले केही दिन पहिले बेलायतका विदेश राज्यमन्त्री नेपाल आउँदा पनि भूपू गोर्खाका विषयमा नेपालले आफ्नो पक्ष स्पष्ट राखेको बताउनुभयो ।

नेपाल र बेलायतबीचको सम्बन्धबारे भूपू गोर्खा सैनिक पनि रहेको कुरा बेलायती विदेशराज्यमन्त्रीलाई भनेको मन्त्री साउदले समितिलाई जानकारी दिनुभयो । भूपू गोर्खाका माग पूरा गर्नेबारे नेपाल सरकारले बेलायती पक्षसँग निरन्तर छलफल गरिराखेको मन्त्री साउदको भनाइ थियो ।

भूपू गोर्खा सैनिकको समान पेन्सन तथा सुविधाका विषयमा अदालती प्रक्रिया जारी रहेको र आन्दोलन पनि चलिरहेको उहाँको भनाइ थियो ।

सन् २००७ भन्दा पहिले र सन् १९९७ पछि सेवा निवृत भएका गोर्खा सैनिकहरूको सम्बन्धमा मात्रै पेन्सनलगायतका समस्या रहेको मन्त्री साउदको भनाइ थियो । भूपू गोर्खा सैनिकका पेन्सन, औषधिउपचार लगायतका सुविधा एकै वार्तामा समाधान हुन नसक्ने मन्त्री साउदले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
77%
1 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ