श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा मगरलाई सुतिरहेको अवस्थामा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

शेरबहादुरले चनिसराको बीभत्स तरिकाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । मृतक महिला केही दिनपछि सुत्केरी हुने समय अस्पतालले दिएको बताइएको छ । 

चार छोरी र श्रीमान् श्रीमती एकै स्थानमा सुतिरहेको अवस्थामा श्रीमतीको हत्या भएको देखिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीले घटनामा प्रयोग गरिएको कोदालो र खुर्पासहित श्रीमान् शेरबहादुरलाई पक्राउ गरेको छ ।

बिहान छोरीहरू उठेपछि घटनाबारे स्थानीयले खबर पाएका थिए । शेरबहादुरले आफूले सपनामा श्रीमती र आफूलाई कसैले आक्रमण गरेको सपना देखेको र सपनामै बचाउन खोज्दा यस्तो घटना भएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

घटनापछि आत्महत्याको लागि नजिकैको खोलातर्फ गए पनि पुनः घरै फर्केर बसेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले शेरबहादुरमा सामान्य मानसिक समस्या हुन सक्ने आशङ्का गरेको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ