साउदीमा रोजगारीमा जानेको बायोमेट्रिक रोक्न व्यवसायीको माग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालबाट रोजगारी व्यवसायीहरुले साउदी अरबमा जाने नेपाली कामदारलाई आर्थिक भार पर्ने भन्दैं थप परिक्षण रोक्न माग गरेका छन् । साउदी अरबले सन् २०२४ को सुरुदेखि बायोमेट्रिक गर्नु गर्ने तयारी गरको छ ।

नेपालमा रहेको साउदी दुतावसले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग कुनै अनुमतिबिना आफ्नो सूचना पार्टीमा सूचना निकाली २०२४ जनवरी १ बाट कामदारको बायोमेट्रिक गर्नु पर्ने लगायतका विषयहरु लागू गर्न भएको हो ।

अहिले भिजिट र परिवारिक भिजामा बायोमेट्रिकका लागि १७ हजार लिइरहेको छ । कामदारका लागि भने यति नै लिने भनेर तोकेको छैन । तर, कामदारलाई सुरुमा ७ सय रुपैयाँ लिने भनिएको छ भने विस्तारै बढाउँदै जाने उल्लेख छ । प्रतिदिन ५० जनाको मात्रै बायोमेट्रिक गर्ने कोटा दिने उल्लेख छ ।

नेपालबाट प्रत्यक दिन करिब ३ देखि ४ सय नेपाली रोजगारीको लागि साउदी जाने गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदारमा बायोमेट्रिक लागू गर्ने भन्ने विषयमा विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भन्डारीले नेपालबाट साउदी जाने कामदारलाई बायोमेट्रिक लागू गर्ने हो भने आर्थिक भार थपिने बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ