असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या ५५ हजार बढी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दशैं नमनाइ यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।


श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।


टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।


दशैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दशैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
मंगल
25 °C
बुध
27 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ