बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा, चैत १५ गते । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । बागमी प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । बज्राचार्यले बिहीबार साँझ बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

यसअघि मन्त्री बन्न अस्वीकार गर्नुभएको बज्राचार्य पाँच बुँदे सहमतिपछि सरकारमा सहभागी हुनुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएपछि बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिएपछि सरकार अल्पमतमा परेको छ ।

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आउनुभएका मुख्यमन्त्री जम्कट्टेलको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मत लिन बहुमत पुग्नेछ ।

यसअघि नयाँ बनेको गठबन्धनसँग ५५ जना प्रदेश सभा सदस्य रहेको थियो । ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा बुहमतका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
94%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ