तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा भोलिबाट केबलकार सञ्चालनमा आउने भएको छ । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट)प्राप्त भएकोले व्यवसायिक रुपमा जेठ ३१ गतेबाट सञ्चालनमा आउने कार्यकारी अधिकृत किरण पोख्रेलले बताउनुभयो । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरि सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरुको जडान गरि लोड परिक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिएपछि कम्पनीलाई व्यवसायिक अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो र “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पुर्ण तयारी पछि मात्रै केवलकार खुल्ला गरिएको हो ।
केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सक्ने भएको पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास कम्पनीले लिएको छ ।
बन्दीपुर गाउँपालिका(४ को डुम्रे बजार नजिकै केबलकारचोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार केबलकारको ३१ मध्ये मध्ये २१ वटा यात्रु बोक्ने डिब्बा छ । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजे सम्म चल्नेछ ।
Recent Visitors: 10
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1