काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले ३५ जना ‘सिनियर प्रहरी अधिकृत’ र ५५ जना ‘जुनियर प्रहरी अधिकृत’ गरी ९० जनालाई नगर प्रहरीलाई क्षमता विकास तालिम दिएको छ ।
सिनियर अधिकृतलाई २ समूहमा र जुनियर अधिकृतलाई २ समूहमा विभाजन गरेर कर्तव्य पालनासँगै तालिम व्यवस्थापनको समय निकालिएको हो । स्थानीय सरकार सञ्चालन, सहरी व्यवस्थापन र मानव अधिकारका विषयमाहरु तालिमका मुख्य विषय थिए ।
महानगर प्रहरी बलप्रति नागरिकमा विकास भएको विश्वाशलाई बचाउन प्रहरीको व्यक्तित्वको भूमिका, संस्थागत क्षमता विकाससँग सम्बन्धित भएका र हुनुपर्ने का विषयलाई कक्षाहरुमा समावेश गरिएका थिए । जानु पर्ने बताउनुभएको छ ।
नगर प्रहरी सिनियर अधिकृतहरुका लागि आयोजना गरिएको क्षमता विकास तालिममा उहाँले भन्नुभयो, ‘कमाण्डरको विवेकपूर्ण नेतृत्व गर्नुपर्छ । नगर प्रहरीले ‘प्रहरीका आचरण’ प्रति प्रतिवद्ध हुनुपर्छ । गैरअनुशासित कर्मबाट बच्नुपर्छ । कार्यालयले क्षमता विकास गराउँदै कर्मप्रति प्रोत्साहित गर्नुपर्छ ।
यसले नगर प्रहरी संस्थागत रुपमा परिपक्व हुँदै जान्छ ।’तालिममा कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले, मानव अधिकारको विषय व्यक्तिसँग जोडिने बताउँदै प्रचलित मूल्य मान्यताप्रति सचेत रहनुपर्ने बताउनुभयो । उहाँको प्रस्तुतिका क्रममा प्रहरी अधिकृतहरुले सडकमा पैदल यात्रीको हिँड्न पाउने पहिलो अधिकार भएकोप्रति आफू सचेत रहेको बताउनुभयो ।
सडक पेटी व्यवस्थापनका लागि कर्तव्य पालना गर्दा नगर प्रहरीले विभिन्न प्रकारका लाञ्छना खेप्नु परेको अवस्था सुनाउँदै उहाँहरुले यस पक्षलाई मानव अधिकारका कोणबाट कसरी हेर्न सकिएला भन्ने प्रश्न राख्नुभएको थियो । जवाफमा सहसचिव सापकोटाले भन्नुभयो, ‘अन्तरसरकार सम्बन्धसँग जोडिएका यस्ता सवाललाई एउटै दृष्टिले मात्र हेरेर पुग्दैन ।
प्रबन्ध, राज्यका दायित्व, यसअन्तर्गतका अभ्यास, नागरिक दायित्व सबै पक्षबाट हेर्नुपर्छ ।’‘पेशागत जीवनमा थालिएका सबै काम सफल हुँदैनन् । सफल कामका उपलब्धीलाई ग्रहण गर्नुपर्छ । असफल कामबाट सिकाइ गर्नु नै नेतृत्वको भूमिका हो ।’ तालिममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बलराम चापागाईँ (पीएचडी) ले भन्नुभयो, ‘आम व्यक्तिको चाहना महसुस गरेर आफूलाई स्वतःस्फूर्त परिचालित गराउनु सक्नु नै सफल नेतृत्वको संकेत हो ।’
कार्यशालामा नगर प्रहरी र नागरिक सम्बन्ध, प्रहरीको व्यावसायिक जीवन, दैनिक सम्पादन गरिरहेका काम, कर्तव्य पालना गर्दाका अवसर, सहरी व्यवस्थापनका चुनौती, यस्ता चुनौती सामना गर्न अपनाइएका र अपनाउनु पर्ने रणनीति, नीति र नेतृत्वप्रतिका दायित्वलगायत विषयमा छलफल गरिएको थियो । तालिम नगर प्रहरी नायव उपरीक्षक तथा नगर प्रहरी निरीक्षकहरुका लागि आयोजना गरिएको हो ।
तालिममा महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षक एवं तालिम संयोजक विष्णुप्रसाद जोशी, नगर प्रहरी उपरीक्षकद्वय दिनेशकुमार अर्याल र मनोजप्रसाद लामिछानेसहितको उपस्थिति थियो ।
नगर प्रहरी उपरीक्षक विष्णु जुनियर नगर प्रहरी गएको बर्ष (२०८०) असार २० गते सार्वजनिक सूचना प्रकाशन गरेर रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका ४४ जनालाई करार सेवामा लिइएको छ ।