सभापति देउवाद्वारा दुःख व्यक्त

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ४ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाका तर्फबाट आज शोक विज्ञप्ति जारी गरी ५६ वर्षीय गच्छदारको यही असार ३ गते भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले स्व गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

स्व गच्छदारले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । गच्छदारको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको कांग्रेसले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
1 km/h
शनि
20 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ