वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले जितका लागि दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेरपहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९ रन बनायो । स्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो ।

यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो । पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ ।

नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रन र तेस्रो खेल ७६ रनले जितेको थियो । नेपाल आज जित निकाल्दै सिरिज बराबर गर्ने अभियानमा छ ।

वेस्ट इन्डिज ‘ए’ अन्तिम खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
haze
19° _ 19°
63%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ