चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् ।


उनी विगत ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन ।


अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए ।


पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रुपमा सम्मान गरेका थिए । मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान पत्र प्राप्त गरिएको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
45%
3 km/h
शुक्र
22 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ