अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ :महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक नभईकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताउनुभयो ।

उहाँले चैत्र २८ गतेको महासङ्घको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।‘‘चैत्र २८ गते हाम्रो साधारण सभा आउँदैछ । सबै राजनीतिक दलका अध्यक्षज्युहरु, पूर्वप्रधानमन्त्रीज्युहरु र खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेका छौँ ।,’’

अध्यक्ष ढकालले भन्नुभयो, ‘‘जहाँ हाम्रा आर्थिक एजेण्डाहरुलाई सबै राजनीतिक दलले ऐक्यबद्धताको रूपमा वास्तवमा त्यो प्रतिबद्धतालाई सबैको सहमति होस् भन्ने चाहना छ । अहिले लगानी सम्मेलन आइरहेको छ ।

हामीले धेरै पहिलादेखि भन्दै गरेको यो बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट पहिला जुन बिपा भनेर अघि बढाइएको थियो, अहिले मन्त्रिपरिषदमा गएर कमिटीमा गएको कुरा छ ।

यो जतिसक्दो छिटो पास गरेर अघि बढाइयोस् ।’’अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
सोम
21 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ