बदलिँदो जीवनशैली मानव स्वास्थ्यका लागि बाधक: प्रा.डा. पोखरेल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक । वरिष्ठ योग तथा प्राकृतिक चिकित्सा विशेषज्ञ प्रा.डा. हरिप्रसाद पोखरेलले मानिसको बदलिँदो जीवनशैली नै रोगको मुख्य कारण बन्दै गएको बताउनुभएको छ ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर ‘साहित्य मन थाइल्याण्ड’ले आयोजना गरेको ‘आदर्श दिव्य दर्पण’को दशौँ शृङ्खलामा बोल्दै उहाँले आधुनिकताको दौडमा मानिसले आफ्नो स्वास्थ्य रक्षा गर्न बिर्सिरहेको धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रा.डा. पोखरेलले ‘उत्कृष्ट स्वास्थ्य, उत्कृष्ट भोजन’ विषयमा विशेष प्रवचन दिँदै चिकित्सा विज्ञानले फड्को मारे पनि नयाँ-नयाँ रोगहरूको चुनौती थपिएको बताउनुभयो । “स्वास्थ्यका विषयमा विशेषज्ञहरूले निरन्तर खोज र अनुसन्धान गरिरहेका छन्, यसमा सफलता पनि मिलिरहेको छ,” उहाँले भन्नुभयो, “तर, रोगका प्रकारहरू हिजोभन्दा आज नयाँ-नयाँ थपिइरहेका छन्, जसले सिङ्गो स्वास्थ्य जगतलाई नै चुनौती दिइरहेका छन् ।”

खानपान र क्यान्सरको सम्बन्ध डा. पोखरेलले खानपानको सही व्यवस्थापन नहुँदा मानिसलाई क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने गरेको बताउनुभयो । “विश्वमा क्यान्सरको मुख्य कारण धुम्रपान हो,” उहाँले सचेत गराउँदै भन्नुभयो, “यसबाहेक अहिले बजारमा पाइने प्रशोधित (Processed) खानेकुराहरूले पनि शरीरलाई ठूलो बेफाइदा गरिरहेको छ ।”

स्वस्थ रहने तीन सूत्र रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र दीर्घ जीवन जिउनका लागि उहाँले तीनवटा मुख्य उपायहरू सुझाउनुभयो । उहाँका अनुसार भोजन व्यवस्थापन, व्यायाम व्यवस्थापन र तनाव व्यवस्थापन गर्न सके मात्र मानिस निरोगी रहन सक्छ ।

“उत्कृष्ट भोजनमा पाककलाको मुख्य भूमिका रहन्छ,” उहाँले थप्नुभयो, “हाम्रो परम्परागत पाककला वैज्ञानिक र पूर्णतः स्वस्थकर थियो । तर विडम्बना, आधुनिक जीवनशैलीले त्यसलाई बिस्तारै विस्थापित गर्दै लगेको छ ।”

आमाहरू खाद्यान्नका विश्वविद्यालय कार्यक्रमका विशिष्ट अतिथि एवं वरिष्ठ साहित्यकार युवराज नयाँघरेले आफ्नो बाल्यकालको स्मरण गर्दै आमाले पकाएको परम्परागत खानाको महत्त्वबारे चर्चा गर्नुभयो । “आजको खानपान र हिजोको खानपानमा आकाश-पातालको फरक छ,” नयाँघरेले भन्नुभयो, “हिजोको खानपान स्वस्थ थियो । वास्तवमा आमाहरू भनेका खाद्यान्नका विश्वविद्यालय हुन् ।”

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त अनलाइन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दीपा रानाले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
45%
4 km/h
बुध
17 °C
बिहि
21 °C
शुक्र
22 °C
शनि
21 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ