सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्य रहे पनि सो पार्टीको आन्तरिक किचलोका कारण दुई जनाले मात्रै मुख्यमन्त्रीलाई समर्थन गर्नुभएको थियो ।

उहाँलाई समर्थन गर्नुभएका नागरिक उन्मुक्तिका कैलाश चौधरी र टीका थापा दुवै जना मन्त्री नियुक्त भइसक्नुभएको छ । मुख्यमन्त्रीले गएको मङ्गलबार नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री थपे पनि सरकारले अझै पूर्णता पाइसकेको छैन ।

विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ । यस प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । पछिल्लो पटक बझाङमा भएको उपनिर्वाचनमा नेकपा एमाले को जितले मुख्यमन्त्री सोडारीको पक्षमा सहज रूपमा बहुमत पुगेको छ ।

गठबन्धन दल एमालेका ११, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, एकीकृत समाजवादीको चार सदस्य रहनुभएको छ ।

एक स्वतन्त्रसमेत गरेर मुख्यमन्त्रीलाई २८ जना प्रदेश सभा सदस्यको समर्थन देखिएकाले उहाँको पक्षमा बहुमत पुग्ने देखिन्छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
2 km/h
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ