चीनको अनुदानले विश्वव्यापी आर्थिक खतरा बढ्दो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

चीन। बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहनुभएका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताउनुभएको छ ।

एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङ्झाओ आइपुग्नुभएको छ ।

उहाँले भन्नुभयो, “चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ ।”

“चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ ।

चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डोर्‍याइरहेको छ ।”उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ ।” रासस/एएफपी

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
100%
बुध
24 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ