चितवन राइनोजले टस जितेर ब्याटिङ गर्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज हुने दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ रोजेका छन् ।

जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ ।

अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ । तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ । जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ ।

चितवन भने ६ अंकसहित चौथो स्थानमा छ । चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो । सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ ।

एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ । विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
haze
19° _ 19°
63%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ