चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काँक्रेविहार (सुर्खेत), ११ असारः निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ । सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन् । सडकमा खसेको ढुङ्गामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो । सडकमा खसेको ढु्ङ्गामाटो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्गसमेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
48%
6 km/h
आइत
17 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ