मधेश आन्दोलनका कारण संघीयता स्थापना भएको दाबी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् ।

सिरहाको लाहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिबार बिहान त्यहाँ पुगेका हुन् ।

उनले मधेश आन्दोलनका कारण मधेशमा संघीयता स्थापना भएको दाबी गरेका छन् । मधेश आन्दोलनको क्रममा महतो सहित संघीयता, पहिचान, समावेशीकरण लगायत अधिकार प्राप्तीको लागि आन्दोलनमा आफ्नो बलिदानी दिएको उनले उल्लेख गरेका छन् । माघ ५ गतेका दिन मधेस सरकारले मधेस आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ ।

बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो । मधेस सरकारले सहिदहरुको परिवारलाई अभिनन्दनका साथै सहिदहरुको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने उनले बताए । मधेश प्रदेशका जिल्लामा शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
59%
1 km/h
मंगल
20 °C
बुध
19 °C
बिहि
20 °C
शुक्र
19 °C
शनि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ