गायक बादल लिम्बुले नयाँ गीत ‘तिमीले भुलिदेउ’ ल्याएका छन् । गीतकार कृष्ण बरालले लेखेको आधुनिक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन् ।
‘यो रोमान्टिक गीत हो । गीतमा एउटा प्रेमीले प्रेमिकालाई सम्झिएर प्रकट गरेको भाव छ,’ गायक लिम्बुले भने ।
लिम्बुको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन् । गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो ।
सेयर: 27
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
3
+1
+1
+1
+1
+1


