काठमाडौं । हिजो सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ ।
बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् ।बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि हुन् ।
अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा छन् ।सो सिजनमा उनी प्रोडक्सन टीममा छन् । दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन् । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ । उनी आसामका कलाकार हुन् ।
भट्टराई कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि थिए भने कमेडी क्लव विथ च्याम्पियनका नियमित सदस्य थिए ।प्रकृती गिरीको हात भाँच्चिएको छ ।
यस्तै रजनिस अर्यालको नाकमा चोट लागेको छ । उनीहरू दुवै कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धि हुन् ।दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमै छन् ।

