माओवादीद्वारा विधानलाई पूर्णता प्रदान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो ।

बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिनुभएको राजीनामा स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
broken clouds
12° _ 12°
76%
2 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ