संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरे

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका छन् । पहिलो पटक ५० देशका ५० भाषामा संगीतबद्ध गरिएको ‘ढुकढुकी भित्र तिम्रो’ गीतबाट र दोस्रो पटक विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको गीत ‘तिलिचो ताल’बाट सन्तोषले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् ।

यी दुवै गीत डा. डी.आर. उपाध्यायले लेखेका हुन् । ‘तिलिचो ताल’ बोलको गीतको टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा गत शुक्रबार आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । गीत–संगीतको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन मिहिनेत गरेको राष्ट्रपति पौडेलले बधाई दिए ।

‘तिलिचो ताल’ गीत डा. डीआर उपाध्यायको रचना, सन्तोष श्रेष्ठको संगीत र सागर अधिकारीको स्वरमा छ । यो गीत मनाङ जिल्लामा अवस्थित तिलिचो तालभन्दा केही माथि (५ हजार १०५ मिटर उचाइ)मा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन, रेकर्डिङ र छायांकन गरिएको थियो ।

यो विधामा २०७६ असोज १० गते ४ हजार ७६८ मिटर उचाइमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । त्यसको दुई वर्ष अगाडि सन्चबहादुर राई लगायतको समूहले ४ हजार ८१३ मिटर उचाइमा रेकर्ड र छायांकन गरेर खरेल समूहको कीर्तिमान भंग गरेको थियो ।

यही सिलसिलामा २०७९ वैशाख ९ गते ५ हजार १०५ मिटर (१६ हजार ७४८ फिट २ इन्च) उचाइमा ‘तिलिचो ताल‘’ बोलको गीतलाई रेकर्डिङ र छायांकन गरेर नयाँ विश्व रेकर्ड कायम भएको थियो । महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको दृश्यमा पुष्प खड्का र श्रद्धा क्षेत्रीले अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन गरेको श्रव्यदृश्यलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
82%
3 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ