अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १३ औं शृङ्खलामा ‘आधा आकाश, सिर्जना संसार’ कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल¸ थाइल्याण्ड र म्यान्माबाट सहभागी स्रष्टाहरूले रचनाहरू सुनाउनुभएको थियो । कार्यक्रममा नेपालबाट भारती न्यौपाने प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । उहाँले मन्तव्यसहित ‘आऊ दागबत्ती दिऔँ’ कविता वाचन समेत गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम् वरिष्ठ गायिका रितु कँडेलले आफ्नो मन्तव्यसहित ‘बतास आई…’, ‘भीडैभीडको बिचैबाट हिड्ने गर्छौ तिमी…’ लगायतका गीतहरू गाउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा साहित्यकार युवराज नयाँघरले समेत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट चिनीमाया माझीले ‘नदी’ कविता¸ दिलकुमारी बुढामगरले ‘स्वतन्त्रताको उडान’ कविता¸ र ‘गहिरो छ चोट निस्किन अझै समय लाग्छ…’ गजल वाचन गर्नुभएको थियो भने हरिप्रिया रिजालले ‘नारी’ कविता र ‘प्रचण्ड गर्मीमा तिमीलाई छहारी दिने छाता होइन र म…’ गजल वाचन गर्नुभएको थियो । त्यस्तै नेपालबाटै अनिता कोइरालाले ‘अहङ्कारको साँधे’ र ‘विराटताभित्रको म’ कविता वाचन गर्नुभयो भने नम्रता भण्डारीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा थाइल्याण्डबाट रविचन्द्र अधिकारीले ‘नारी’ कविता र राज पौड्यालले ‘नारी’ कविता वाचन गर्नभएको थियो । त्यस्तै म्यान्माबाट भारती अधिकारीले ‘नारी’ कविता र म्यान्माबाट कैलाश पौड्यालले ‘नारी’ कविता वाचन वाचन गर्नुभएको थियो ।

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दीपा रानाले गर्नुभएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
77%
1 km/h
मंगल
23 °C
बुध
23 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ