मावि सानाखोलामा कम्प्युटर र विज्ञान ल्याब

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ स्थित जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा कम्प्युटर र विज्ञान ल्याब सञ्चालनमा ल्याईएको छ ।

विद्यालयको ६० औ बार्षिकोत्सवको अवसरमा विद्यालयमा २० वटा कम्प्युटरसहितको आईसिटी ल्याब र विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याईएको हो ।

१७ लाख बराबरको आईसिटी ल्याब र ६ लाख ५० हजार रुपियाँमा विज्ञान प्रयोगशाला स्थापना गरिएको हो । चौरजहारी नगरपालिका र केआईएसके ईक्यूपको साझेदारीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याईएको हो ।

उक्त ल्याबको नगर प्रमुख पुष्प वादीले उद्घाटन गर्नु भयो । त्यस अवसरमा नगर प्रमुख बादीले विद्यार्थीहरुले किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक सीपकालागि कम्प्युटर र विज्ञान ल्याब सञ्चालनमा ल्याईएको बताउनु भयो ।

त्यसले विद्यार्थीहरुको सिकाई सीपमा विकास हुने उहाँको भनाई छ । कार्यक्रममा चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले शिक्षामा प्रविधिको प्रयोगले समयसान्दर्भिक बनाउने बताउनु भयो।

अहिलेको शिक्षा प्रबिधीमैत्री हुनुपर्ने समेत उहाँको भनाई थियो । विद्यालयका प्रधानाध्यापक झुपलाल शर्माले ल्याव र प्रयोगशाला स्थापनाले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नु भयो । उक्त विद्यालय कक्षा १० सम्म सञ्चालित छ । जहाँ तीन सय विद्यार्थी अध्ययनरत छन् ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
2 km/h
आइत
17 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ