इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुढानीलकण्ठमा बसेको बैठकले वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) का उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०८१ साल वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को लागि डम्बरबहादुर खड्कालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने निर्णय भएको हो।

त्यसैगरी बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) अभिषेकबहादुर सिंहलाई प्रदेश सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको हो।

कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई मत दिएर विजयी गराउन सबै मतदातालाई आह्वानसमेत गरेको छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ