मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौ । कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समिति बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ। २३ फागुनमा विश्वासको मत फिर्ता लिएर कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले २२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यता छ।

प्रदेश सभामा ३७ सांसद रहेको कांग्रेस केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको छ भने एमाले सरकारमा प्रवेश गरेको छ। यस्तै हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यले नयाँ गठबन्धनलाई समर्थन गर्दै मन्त्री बनेका छन्।

११० सांसद रहेको प्रदेश सभामा जम्कट्टेललाई सत्तामा टिकिराख्न ५६ सांसदको समर्थन आवश्यक छ। बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद जम्कट्टेलको पक्षमा देखिएका छन्।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
आइत
23 °C
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ