प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा कांग्रेसको चासो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुपर्ने परम्परा रहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको जिकिर गर्नुभयो ।

हाम्रो एउटा संसदीय परम्परा छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मन्त्री राष्ट्रको भ्रमणमा जाँदा किन जाने, के उद्देश्यले जाने, कति दिनका लागि जाने भनेर संसदलाई जानकारी दिने बाध्यत्मक परम्परा छ ।,’’

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानु भएको छ । फर्कर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौं । प्रधानमन्त्री सदनमा उपस्थिति हुनु होला ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
thunderstorm with rain
18° _ 18°
72%
3 km/h
शुक्र
17 °C
शनि
21 °C
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ