काँग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ ।नेपाली काँग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । काँग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
56%
3 km/h
मंगल
20 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ