गाउँ पसेको बाघ नियन्त्रणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा निस्किएर घरपालुवा जनावरलाई आक्रमण गर्न लागेको बाघलाई मङ्गलबार  नियन्त्रणमा लिइएको छ । पश्चिम चितवनको मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरास्थित खोरमा राखिएको छ । 

निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएको बाघ साढे दुई वर्षको हो । बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको हो । समस्याग्रस्त बाघको संरक्षणमा समस्या भइरहेका बेला निकुञ्जले पुनः बाघ नियन्त्रणमा लिएको हो । खोरमा थुनिएको बाघ भटाभट मरिरहेका बेला अहिले बाघ नियन्त्रणमा लिन परेको हो । 

डा. श्रेष्ठले आमाबाट छुट्टिने बेलामा ठुला जनावर आक्रमण गर्न नसक्दा सो बाघ मानव बस्तीमा आएर दुःख दिन लागेको बताउनुभयो । उसको अवस्था हेरी अध्ययनपछि मात्रै उसलाई पुनः जङ्गलमा छाड्ने नछाड्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । 

करिब एक वर्षयता चितवन र पर्सामा गरी ४ वटा थुनिएका बाघ मरेका छन् । अहिले चिडियाखानासहित चितवन, बर्दियामा गरी अहिलेको सहित  १५ वटा बाघ थुनेर पालिएकाे छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
आइत
23 °C
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ