इलाम क्षेत्र नं. २ को मतगणना सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम। इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार केहि बेर अघिबाट मतगणना सुरु भएको हो ।

उच्च सुरक्षाका बिच इलामको गौतम बुद्ध सभा हलमा मतगणना सुरु गरिएको छ । मतगणना स्थलमा तार जालीसहित सीसी टिभी जडान गरिएको छ ।

मतगणना स्थलमा मतपरिणाम सार्वजनिक गर्ने कार्यलाई व्यवस्थित गरिएको छ ।

इलाममा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदातामध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलब ७९ प्रतिशत) मतदाताले मतदान गरेका छन् ।

इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिमसहित स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनु भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
94%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ