रुकुम पश्चिमका बाढी,पहिरो पीडितलाई तत्काल उचित राहत व्यवस्थापन गराउन नेकपा एमाले रुकुम पश्चिम – काठमाडौ सम्पर्क मञ्चद्वारा महासचिव पोखरेल मार्फत सरकारको ध्यानाकर्षण

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेललाइ आज नेकपा एमाले रुकुम पश्चिम – काठमाडौ मञ्चका अध्यक्ष कृष्ण मल्ल लगाएतका पदाधिकारी ,नेकपा एमाले पोलिट्ब्युरो सदस्य खेममान खडका,नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दाराम देवकोटा सहितको टोलिले आज एमाले पार्टी कार्यालय च्यासलमा भेट गरि रुकुम पश्चिमका बाढी तथा पहिरो पीडितलाई तत्काल उचित राहतको व्यवस्थापन गरि दिन महासचिव मार्फत सरकारलाई आग्रह गरेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका—१२ लगायत विभिन्न वडामा असार ३१ गते राती गएको पहिरोका कारण मानविय लगायत भौतिक क्षतिभएकाले तत्काल राहतको व्यवस्थापन गरिदिन ध्यानाकर्षण गराएका हुन ।

शुक्रबार महासचिव पोखरेललाइ ज्ञापन पत्र बुझाउँदै मृतकका परिवारलाई तत्काल उचित राहत र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन ।
नेकपा एमाले रुकुम पश्चिम जिल्ला कमिटि सदस्य आठबिसकोट १२ निवासी बिबेक पुनमगरले त्यहाको घटनाको बस्तुगत स्थितिको बारेमा जानकारी गराउनु भएको थियो भने सम्पर्क मञ्चका अध्यक्ष कृष्ण मल्लले समग्र रुकुम पश्चिममा भुकम्प पछिका सम्पुर्ण घटनाको बारेमा जानकारी गराउनु भएको हो ।


ज्ञापनपत्र बुझाइ सकेपछी नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दाराम देवकोटाले भने, असार ३१ गते राती आएको अविरल वर्षाका कारण मानवीय क्षती सहित भौतिक संरचना ,पशुपन्छीको मृत्यु भएको, बस्ती समेत जोखिममा रहेको अबस्थामा तत्काल सरकारको उपस्थिती आवश्यक रहेको छ ।
साथै मनसुन सक्रिय रहेको र थप घटनाहरु हुन सक्ने भएकोले सबैजना सजक तथा सतर्क रहन अनुरोध गर्दछु ।

सेयर: 30
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ