डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन् ।

५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् ।

डेनमार्कको ८०० वर्ष पुरानो राजतन्त्रको इतिहासमा स्वेच्छाले राजगद्दी त्यागेर उत्तराधिकारीलाई शासन सुम्पिएको यो पहिलो पटक हो । डेनिस सम्राट फ्रेडरिकलाई हेर्न राजदरबार अगाडि हजारौं संख्यामा मानिसहरु भेला भएका थिए । बार्दलीमा उभिएर समर्थकहरुलाई अभिवादन फर्काउँदा फ्रेडरिकका आँखा रसाएका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
100%
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ