‘दंगल’की बाल कलाकार सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मुम्बई । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो ।

केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो । उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो ।

सुहानीको सेक्टर १५ फरीदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिनेछ । आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ ।

उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। सुहानी एक धेरै प्रतिभाशाली कलाकार थिइन्, उनले सधैँ एक टोली खेलाडीको रूपमा काम गरे। उनीबिना दंगल अधुरो हुन्थ्यो । सुहानी तिमी सधैँ हाम्रो मनमा स्टार रहनेछौँ।’

सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी थिइन् । यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ