दशैंको टीका लगाउनेक्रम जारी, बजार तथा सडकमा चहलपहल बढ्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । विजया दशमी तेस्रो दिन आज(सोमबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशभरका बजार एवम सडकमा चहलपहल पनि बढेको छ ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिड्नेहरुको चहलपहल सडकमा वाक्लै देखिन थालेको छ । सार्वजनिक यातायातमा पनि यात्रुहरुको चाप क्रमश वढेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
100%
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ