बागमती गोल्डकप फुटबलको मिति २ दिन पछि स¥यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मकवानपुर ।  बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति २ दिन सारिएको जानकारी गराएका हुन् ।

यस अघि पत्रकार सम्मेलनमा नियमित क्यालेन्डर अनुसार फागुन १ गतेदेखि सुरु गर्ने भनिए पनि समय अभाव भएको भन्दै २ दिन पछि सारेर ३ गतेदेखि सुरु गर्ने भएको जनाएको छ । प्रतियोगिता बागमती –४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङशालामा हुनेछ ।

 प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने छन् ।  प्रतियोगितामा प्रथम टिमले नगद  १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ