झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र र स्वतन्त्रता आन्दोलनमा झापाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
किसान आन्दोलनको सुरुवात यहाँबाट भएको जनाउँदै उहाँले झापा विद्रोह र किसान आन्दोलनको जगमा नै मूलकमा प्रजातन्त्र तथा लोकतन्त्रको आन्दोलन सुरु भएको उहाँको भनाइ छ ।
झापा जिल्ला बिद्रोहीहरुको जिल्ला भएको उहाँले चर्चा गर्नुभयो । बिहीबार एमाले झापाको ११ औँ अधिवेशनको बिर्तामोडमा उद्घाटन गर्दै ओलीले अहिले पनि आन्दोलनका कतिपय अगुवाहरू जीवितै रहेको स्मरण गर्नुभयो ।
झापा आन्दोलनले देशलाई राजनीतिक र परिवर्तनको बाटो देखाएको छ, अध्यक्ष ओलीले भन्नुभयो । शक्तिसँग नझुक्ने बनाएको छ, उहाँको भनाइ छ ।
कम्यूनिष्ट आन्दोलनको क्रममा ऊ बेला पनि धेरै महिला भूमिगत बसेको इतिहास जोडिएको जिल्ला झापा भएको उहाँले जनाउनुभयो ।झापा विद्रोह तथा त्यसपछि आफूले र आफूले नेतृत्व गरेको पार्टीले खेलेको भूमिका तथा राखेको दृष्टिकोणको विषयमा जोकोहीसँग पनि खुला बहस गर्न तयार रहेको बताउनुभयो ।
पार्टीले लिएको अडान, राखेका बिचारका विषयमा म यहाँसँग खुला रूपमा बहस गर्न तयार रहेको छु, उहाँले भन्नुभयो ।