भद्रकालीमा भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि विभागिय कारबाही हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही हुने भनेको छ ।

प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ ।

धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
33%
5 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ