गुलशन झाको उत्कृष्ट  प्रदर्शका बाबजुद नेपाल ओमानसँग पराजित

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ । अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा ग¥यो। ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पु¥याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे ।

शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पु¥याए भने कलिमउल्लाहले विजयी चौका हाने ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा ४१ रन बनाएर अग्रणी भूमिका खेले । कश्यप प्रजापतीले ३६ रन बनाउँदै ओमानको जितको नींव तयार पारे। नेपालका बलरहरूमा गुलशन झा सबैभन्दा प्रभावकारी साबित भए, जसले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ६० रनको अर्धशतकीय पारी खेले भने गुलशन झाले ५३ रन बनाए । दुवै खेलाडीको योगदानले नेपाललाई सम्मानजनक स्कोरमा पु¥यायो ।

नेपाल र ओमानसँगै क्यानडा सहभागी यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेल क्यानडासँग असोज ६ गते खेल्नेछ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ