पर्यटन व्यवसाय विना देशको विकास असम्भव

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघका महासचिव भगीरथ सापकोटाले पर्यटन व्यवसायको विकासबिना देशको विकास सम्भव नरहेको बताएका छन् ।

टुरिष्ट बस एसोसिएसन अफ नेपालको बिहीबार १३औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव सापकोटाले नेपालको सन्दर्भमा रोजगार सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक आदानप्रदानका लागि पर्यटन व्यवसाय उत्कृष्ट व्यवसाय भएको बताए ।

उनल भने, ‘इतिहासले नेपालको लागि सबैभन्दा महत्वपुर्ण क्षेत्र पर्यटन व्यवसाय हो भन्ने बताउँछ । इतिहास लेख्नेदेखि भविष्यवाणाी गर्नेहरु सबैले त्यही बताउँछन् । रोजगार सिर्जना, आर्थिक समृद्धि, संस्कृति आदानप्रदान लगायतका हिसाबले पनि पर्यटन व्यवसाय नेपालको लागि एक उत्कृष्ट व्यवसाय हो । यसो भनिरहँदा समस्या नभएका होइनन् ।संसारमा भइरहेका परिवर्तनलाई छिटो लिन्छौं । अर्थतन्त्रमा ठूलो परिवर्तन भएको छ ।’

राज्यका अन्य सेवा क्षेत्रहरुको तुलनामा पर्यटन व्यवसाय सरकारको कम प्राथमिकतामा परेको भन्दै महासचिव सापकोटाले यसका लागि राज्यलाई बुझाउन आवश्यक रहेको बताए ।

‘कृषिबाट उद्योगमा जानुपर्ने कुरा कृषिबाट सेवा क्षेत्रमा कन्भर्ट भएको छ । सेवा क्षेत्रमा समेत पर्यटन व्यवसमयलाई सबैभन्दा बढि डोमिनेट गरिएको छ । राज्यले घोषणा गरेको उद्योगमा आधारित सेवा क्षेत्र पर्यटन भएको छ । यस क्षेत्रको विकास नगरिकन राज्यको विकास हुन सक्दैन । सबैभन्दा पहिले राज्यलाई बुझाउन आवश्यक छ,’उनको भनाइ छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
100%
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ